महोत्तरी । महोत्तरीको गौशालाबाट प्रहरीले भन्सार छलीको समान बरामद गरेको छ ।
जिल्लाको मुख्य व्यापारीक केन्द्र गौशालाबजारको एक गोदाममा छापा मारि भन्सार छली ल्याएको समान बरामद गरेको छ ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA


गौशाला नगरपालिका–५ महोलिया टोलस्थित एक घरको गोदाममा भन्सार छलिको समान लुकाई छिपाई राखेको गोप्य सूचना पश्चात छिन्नमस्ता सशस्त्र प्रहरी बल नेपाल बर्दिवासका डिएसपि लक्ष्मण बराल, सशस्त्र प्रहरी बल नेपाल बेस रघुनाथपुरका डिएसपि सुनिल गिरी र ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक सुर्य बहादुर राना मगरको कमाण्डमा खटिएको संयुक्त प्रहरीले सो समान बरामद गरेको हो ।
प्रहरीले छापा मारि गर्दा भन्सार छली ल्याएको कपडा १४ पोका, चिनी २१ बोरा र प्याज ३९ बोरा बरामद गरिएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक सुर्य बहादुर राना मगरले बताए ।
बरामद गरिएको समान गौशाला नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ओम प्रकाश गुप्ता र वडा सदस्यको रोहोवरमा आवश्य कारवाहीको लागी भन्सार कार्यालय पठाइएको छ ।















