शिव मारुती ज्वेलर्स

महोत्तरी,श्रावण २४ गते । मधेश सरकारको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले पदमुक्त गरेको प्रादेशिक अस्पताल जलेश्वरकी व्यवस्थापन समिति अध्यक्ष मिन्नु झालाई पुर्नबहाली गरिएको छ ।

स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले त्रुटी भएको भन्दै स्पष्टिकरण सोध्दै उनीसहित समितिलाई नै पदमुक्त गरेपछि उनी अदालत गुहारेकी थिईन् । सोही क्रममा उच्च अदालत जनकपुरले मन्त्रालयको पत्र कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

शुभकामना

उच्च अदालत जनकपुरका न्यायधीश महेन्द्रनाथ उपाध्यायको एकल इजलासबाट मन्त्रालयको चलानी नम्बर १४८ को पदमुक्तीको पत्र कार्यन्वयन नगरी उनको पद यथास्थितिमा राख्न भनेको हो । अदालतमा दिएकी रिटको सुनुवाईपछि झाले आफ्नो पद पुनः पाएकी हुन् ।

२०८१ श्रावण २४, बिहीबार १६:४६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय