फोकस नेपाल ,भाद्र ०५ गते । रुपन्देही सैनामैना नगरपालिकामा रहेको रेडियो ‘मलमला’का स्टेसन म्यानेजर टीका खरेलले मादक पदार्थ सेवन गरी आफ्नै सहकर्मीमाथि जबरजस्ती करणी गर्ने प्रयास गरेको आराेपमा पक्राउ परेका छन्।
कार्यालयका सहकर्मीले यौन हिंसा गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय बुटवल खरेललाई पक्राउ गरेको हाे ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

इलाका प्रहरी कार्यालय बुटवलमा प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले खरेललाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीबाट पाँच दिनको म्याद थप गरिएको बताए ।
२३ वर्षीय सहकर्मीलाई जबरजस्ती करणी गरेको विषय छानबिन भईरहको उनले बताए । उनका अनुसार जबरजस्ती करणी उद्योगमा अदालतबाट अनुसन्धान लागि म्याद थप गरिएको हो ।
भदौ १ गते रातको समयमा आफू एक्लै भएको मौका पारेर कोठामा प्रवेश गरी म्यानेजर टीका खरेलले जवर्जस्ती करणी गर्न खोजेको पीडितको भनाई छ । घटना भएको रात आफ्ना श्रीमान घर बाहिर रहेको र सोही मौकामा खरेलले आफुमाथि यौन दुर्ब्यवहार गरेको पीडितले बताईन् ।
पीडित भन्छिन, ‘त्यो राती मेरो श्रीमान नभएको मौकामा उ मेरो रुममा आएर ढोका ढकढक्याउन थाल्यो । मैले ढोका खोलिन । धेरै बेरसम्म उसले ढोका ढकढक्याइ रह्यो । म निकै आत्तिएकी थिएँ । अती नै भए पछि मैले ढोका खोलेर भाग्ने प्रयास गरे । तर उसले मेरो हातमा समाएर मलाइ बिस्तारामा लडायो र जवर्जस्ती गर्न खोज्यो । म मुस्किलले भागेर जोगिन सफल भएँ ।’
भदौ ४ गते प्रहरीकहाँ उजुरी परेसँगै भदौ ५ गते प्रहरीले पक्राउ गरेको हो ।















