महोत्तरी । महाेत्तरीकाे मुख्य व्यापारी नाका सम्सीमा पुरा कडाई गरिएकाे छ।
भारत सँग जाेडिएकाे नाका सम्सी बाट विना भन्सार मालसमान ल्याउनमा राेक लगाईएकाे सशस्त्र वेसक्याम्पका नवनियुक्त प्रहरी निरीक्षक कृष्ण बहादुर गुरुगँ र सम्सी अस्थाई प्रहरी पाेष्टका नवनियुक्त सई प्रवानन्द यादवले जानकारी दिएका छन।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

भारतीय बजार बाट सरसामान ल्याउँदा सर्वसाधारणहरुकाे दैनिकी उपभाेग बस्तुहरुमा कुनै राेक छेक नरहेकाे तर कुनै तस्कर र व्यापारीहरु विना भन्सार मालसमान ल्याउन पूरा प्रतिवन्ध गरिएकाे छ।
सम्सी बाट विगतमा मालसमान अाेसार पाेसार गर्ने माध्यम टेप्पु रहेकाेले अब देखि मानवकाे साधनकाे लागि मात्र टेम्पु प्रयाेग हुनेछ यसमा कुनै किसिमकाे मालसमान ढुवानी भएमा कानुन अनुसार कर्वाई हुने तर दुई चक्का वाहनमा कुनै राेक नरहेकाे प्रमुखहरुले स्पष्ट पारे।
जुन दिन देखि यी दुवै कार्यालय प्रमुख आएका छन त्याे दिन देखि सम्सी नाकालाई पूरा कडाई गरिएकाे स्थानीय व्यापारीहरुले बताएका छन।
यता गत महिना सम्सी भन्सार बाट अन्दाजी २५ लाखका राजस्व संकलन भएका छाेटि भन्सार कार्यालय सम्सीले जनाएका छन्।















