शिव मारुती ज्वेलर्स

धनुषा ,भाद्र २५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुर उपमहानगरपालिका-२४ का वडाध्यक्ष र सचिवसहित तीन जनालाई घुससहित नियन्त्रणमा लिएको छ ।

आयोगको टोलीले वडाध्यक्ष उपेन्द्र सहनी, वडासचिव उपेन्द्र साह र विजय मण्डललाई घुससहित मंगलबार नियन्त्रणमा लिएको हो ।

शुभकामना

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र आयोगको कार्यालय बर्दिवासको टोलीले घरबाटो प्रमाणित गरी दिनका लागि सेवाग्राहीबाट लिएको घुससहित वडाध्यक्ष र सचिवलाई नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीबाट उनीहरूले लिएको ४ लाख ५० हजार रुपैयाँ घुसको रकम आयोगको टोलीले बरामद गरेको छ ।

२०८१ भाद्र २५, मंगलवार ११:२८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय