शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

जनकपुरधाम,भाद्र २५ गते । प्रादेशिक अस्पताल र स्वास्थ्य निर्देशनालयले विज्ञापन भर्न लगाएर परीक्षा नलिएको भन्दै दृष्टि विशेषज्ञहरुले मंगलबार जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् ।

प्रादेशिक तथा जेनरल अस्पतालहरुमा दृष्टि विशेषज्ञको दरबन्दी कायम गर्नुपर्ने, स्वास्थ्य निर्देशनालयले परीक्षा लिएर पनि परिणाम सार्वजनिक नगरेको तथा प्रादेशिक अस्पतालले शुल्कसहित आवेदन लिएर परीक्षा नलिएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

प्रदेश सरकार मातहतको निर्देशनालय तथा अस्पतालहरुले बेरोजगार दृष्टि विशेषज्ञहरुसँग शुल्क असुल गरेपनि छनौट नगरेको भन्दै मुख्यमन्त्री सतिश कुमार सिंहको ध्यानाकर्षण गराएका थिए । मुख्यमन्त्री सिंहले आफुहरुको मागप्रति गम्भिर नदेखिएको भन्दै भदौ २५ गतेदेखि अनसन बस्ने कार्यक्रम निर्धारण गरेको थियो ।

मंगलबार विरोध प्रदर्शनमा ओर्लिएपछि सरकारको तर्फबाट सकारात्मक आश्वासन आएपछि तत्काल अनसन स्थगन गरिएको आन्दोलित विशेषज्ञहरुका नेता रविशंकर चौधरीले बताए ।

२०८१ भाद्र २५, मंगलवार १३:२३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय