शिव मारुती ज्वेलर्स

सिरहा , असोज ०४ गते । सिरहामा स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिका–२ खोक्सिटोलका ४८ वर्षीय ललित दास रहेका छन् ।

प्रहरीले दासलाई बुधबार बरियारपट्टी गाउँपालिका–१ गोरगम्मा स्थित नेपाल–भारत सीमा क्षेत्रमा चेकजाँचका क्रममा पक्राउ गरेको सिरहा प्रहरीका प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए । गोप्य सूचनाको आधारमा प्रहरी चौकी कचनारीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ स. १० प. ९८५३ नम्बरको मोटरसाइकलमा आइरहेका दासलाई चेकजाँच गर्दा कम्मरमा गम्छाले बाँधेर लुकाइएको १६ लाख रुपैयाँ फेला पारेको हो ।

शुभकामना

प्रहरीका अनुसार पक्राउ परेको रकममा एक हजारका एक हजार थान अर्थात् १० लाख र पाँच सय दरका १२ सय थान अर्थात् ६ लाख रुपैयाँ नेपाली नोट बरामद भएको हो । दासमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

२०८१ आश्विन ४, शुक्रबार ००:४२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय