एजेन्सी । दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा २ जना बाहेक सबै जनाको मृत्यु भएको हुन सक्ने आशंका गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमल जनाएको छ ।
एक जना यात्रु र एक जना चालक दलका सदस्यलाई जीवितै उद्धार अन्तर्राष्ट्रिय समारचा संस्थाहरुले जनाएको छ । बाँकीको खोजी कार्य जारी रहेको भएपनि अरू सबै जीवित भेटिने आशा नभएको जनाइएको छ ।
शुभकामना

यस अघि भने एजेन्सीले मृत्यु हुनेको संख्या कम्तीमा ६२ जना पुगेको थियो । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार एक विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।
बैंककबाट दक्षिण कोरिया फर्किरहेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा भएको थियो । विमानमा १८१ जना सवार थिए भने १७५ यात्रु रहेका थिए । जसमध्ये छ जना चालक दलका सदस्य रहेका थिए ।
ल्यान्डिङ गियरमा समस्या आउँदा सो विमान दुर्घटना भएको योन्हापले जनाइएको छ ।














