फोकस नेपाल ,१६ गते ।झापाकाे गाैरीगञ्ज आइपुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीको संरक्षण गरिरहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीको गृह जिल्ला झापाको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले भ्रष्टाचारीको संरक्षण गरिहरेको बताए ।उनले आफू प्रधानमन्त्री भएका बेला गिरिबन्धुको छानबिन गर्न खोज्दा आफूलाई प्रधानमन्त्रीबाट हटाइएको बताए ।
शुभकामना

उनले प्रधानमन्त्री ओलीतिर सुई सोझिएपछि बिचौलियाहरूको झुन्डले आफूलाई प्रधानमन्त्रीबाट हटाइएको बताए ।‘अहिलेका प्रधानमन्त्री ओलीतिर भ्रष्टाचारको सुई सोझिएपछि मलाई प्रधानमन्त्रीबाट हटाइयो, यो सरकारले भ्रष्टाचारीको संरक्षण गरिरहेको छ,’उनले भने‘यो सरकार बिचौलियाको झुन्डबाट बनेको हो ।’














