शिव मारुती ज्वेलर्स

सर्लाही ,पुस १६ गते । सर्लाहीमा उखु बोकेको ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बरहथवा नगरपालिका–५ निवासी २५ वर्षीय हरिन्द्र महतो र पछाडि सवार २२ वर्षीय पुरुषोत्तम दास छन् ।

इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डीएसपी गौतम थापाका अनुसार बरहथवा नगरपालिका–९, मूर्तिया चोकमा सोमबार राति विपरीत दिशाबाट आइरहेका ज१त ९८७६ नम्बरको ट्याक्टर र ज४प ३७७ नम्बरको मोटरसाइकल बीच दुर्घटना हो । दुर्घटनामा गम्भीर घाइते भएका दुबैको उपचारका क्रममा राति नै अस्पतालमा मृत्यु भएको डिएसपी थापाले बताए ।

शुभकामना

प्रहरीले ट्याक्टर र त्यसका चालक बलरा नगरपालिका–७ निवासी ३८ वर्षीय वीरेन्द्र महतोलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

२०८१ पुष १६, मंगलवार ०५:२९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय