शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

लालबन्दी । दुई जनाको झगडाका कारण सर्लाहीमा एक वृद्धको ज्यान गएको घटनाका आरोपी जेल चलान भएका छन्।

ईश्वरपुर नगरपालिका वडा नम्बर-१२ का वीरबहादुर मोक्तानलाई जिल्ला अदालत सर्लाहीले हिजो मंगलबार पुर्पक्षका लागि जेल चलान गरेको हो।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

गएको मंसिर २७ गते लालबन्दी नगरपालिकाकाका- १५ का ३८ वर्षीय वीरबहादुर बोम्जन र ४८ वर्षीय वीरबहादुर मोक्तानबीच कुटाकुट भएको थियो। उक्त झगडामा मोक्तानले प्रहार गरेको ढुंगाले लागेर बोम्जनकी ६५ वर्षीय आमा विष्णुमाया घाइते भएकी थिइन्।

घाइते विष्णुमायालाई उपचारका लागि लालबन्दीको म्याक्स अस्पताल लगिएको थियो। तर घटनाको १० दिनपछि उपचार क्रममै विष्णुमायाको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।

विष्णुमायाको मृत्युपछि प्रहरीले मोक्तानमाथिको ज्यानसम्बन्धी कसुर मुद्दालाई कर्तव्य ज्यान मुद्दामा परिणत गरी घटनाबारे थप अनुसन्धान गरेको थियो।

के थियो घटना ?

झगडा गर्ने मोक्तान र बोम्जन नातेदार हुन्। मंसिर २७ गतेको राति उनीहरू आफन्तकहाँ भोज खाएर लालबन्दी नगरपालिका वडा नम्बर १५ मा तल्लो देउरालीबाट आआफ्नो घर फर्किएका थिए। यसै क्रममा मोक्तान राति १२ बजेको समयमा बोम्जनको घरमा एकछिन बसेका थिए। त्यसै समयमा झगडा भएको लालबन्दी नगरपालिका-१५ का वडाध्यक्ष गोरखबहादुर बलले बताए।

‘तल्लो देउरालीमा भोज खाएर उनीहरू फर्किँदै थिए। बोम्जनको घरमा झगडा भएको रहेछ,’ बलले भने,’मलाई पनि राति साढे १२ बजे फोन आएको थियो, घटनापछि मैले प्रहरीलाई खबर गरेको थिएँ।’

दुई जनाको झगडा बढ्दै गएपछि मोक्तानले प्रहार गरेको ढुंगाले बोम्जनी आमा विष्णुमायालाई टाउकोमा लागेको थियो।

२०८१ पुष २४, बुधबार ०५:०४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय