शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

अमित ठाकुर,पौष २६ गते । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका अनुगमन समितिले रौतहटको सदरमुकाम गौरको बजार अनुगमन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहट,उधोग बाणिज्य संघ रौतहट र घरेलुु तथा साना उधोग कार्यालय रौतहटको सहभागितामा बिहिवार बजार अनुगमन गरिएको हो ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

बजार अनुगमनका क्रममा सदरमुकाम गौरको दर्जनौं पसलमा अनुगमन गर्दा अधिकांश पसलेहरुलाई कागजात दुरुस्त पार्न चेतावनी दिएका छन् भने कतिपय पसललेले तोकिएको मूल्य भन्दा बढीमा बिक्रीवितरण गरिरहेको फेला पारिएका छन्।

बजार अनुगमनका क्रममा व्यापारीहरुलाई म्याद नाघेका सामग्री विक्रिवितरण नगर्न आग्रह गरिएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रतिनिधिले बताएका छन्  ।

पहिलाको तुलनामा बजारमा केही सुधार आएको भएपनि पूर्ण रुपमा सुधार हुन बाँकी रहेको उनले बताउनुभयो ।बजार अनुगमनलाई स्थानीय तहहरुले समेत निरन्तरता दिनुपर्ने उधोग बाणिज्य संघ रौतहटको प्रतिनिधि रवी गोपालीले बताए । उपभोक्ताहरुले समेत सचेत हुनुपर्ने उनले बताए  ।

२०८१ पुष २६, शुक्रबार ००:४७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय