शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,माघ ७ गते । मकवानपुर प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिका–५, चैनपुरबाट २१२ केजी गाँजा बरामद गरेको छ। प्रहरीले बा १० च ७७५८ नम्बरको बोलेरो पिकअप नियन्त्रणमा लिएको हो।

गाँजा ओसारपसारमा संलग्न रहेका गाडीका चालकसहित दुईजना भने गाडी छोडेर फरार रहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले गाडी र बरामद गाँजालाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ। फरार व्यक्तिहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

शुभकामना

२०८१ माघ ७, सोमबार ०२:५५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय