महोत्तरी । जनकपुरधामको रामानन्द चौकमा दुई गाडी आपसमा ठोक्किंदा मधेश प्रदेशका स्वास्थ्य मन्त्री सत्रुधन प्रसाद सिंह घाइते भएका छन्। दुर्घटनामा मन्त्री चढ्ने मधेश प्रदेश ०२-००१ झ ०१६५ नम्बरको गाडी र अर्को मधेश प्रदेश ०३-००१ झ ००९६ नम्बरको गाडी एक आपसमा ठोक्किएका हुन्।
स्थानीय प्रहरीका अनुसार दुर्घटनापछि मन्त्री सिंहलाई सुरक्षित रूपमा निकालेर तत्काल प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको छ। स्थानिय प्रत्यक्षदर्शीहरूले बताएअनुसार ठक्कर निकै शक्तिशाली थियो।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

गाडी ठोक्किनुको कारणबारे अनुसन्धान भइरहेको प्रहरी जनाइएको छ।















