शिव मारुती ज्वेलर्स

मोरङ । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमो नारायण माझीले खोला ठेक्का नलागेको भन्दै उपाध्यक्ष गुणावति चढने गाडी र वडाध्यक्षहरूले प्रयोग गर्ने सवारी साधनको चाबी खोसेका हुन् ।

लोहन्द्र खोलाबाट आउने राजस्वको ज्ञारेन्टी नभएसम्म गाडी आफूपनि सरकारी गाडी नचढ्ने उनले बताए । लोहन्द्रा खोलाबाट पालिकाले १ करोड ३५ लाख आम्दानी हुने अनुमान गरेको थियो ।तर, ठेकेदार सम्पर्कमा नआएपछि पुन ठेक्का आह्वान गर्ने निर्णय भएको थियो तर निर्णय अदालतको आदेशमा रोकिएको छ ।

शुभकामना

गत माघ ३० गते कार्यपालिका बैठकले लोहन्द्रा खोला ठेक्का पाएर पनि सम्झौताका लागि नआएका ठेकेदारको धरौटी जफत गरी कालोसूचीमा राख्न सिफारिस गर्ने र नयाँ ठेक्का दिने आह्वान गरेका थिए तर, कार्यपालिका सदस्यलाई तीन दिनअगाडि नै बैठकको सूचना नगरी अल्पमतका आधारमा निर्णय गरेको भन्दै उपाध्यक्ष वडाध्यक्षहरुले उच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले पालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।आज पनि ग्रामथानको कार्यपालिका बैठक बसेको थियो ।

‘उपाध्यक्ष र वडा अध्यक्षले प्रयोग गर्ने गाडी र बाइक चिठ्ठी दिएर फिर्ता ल्याए, गाउँपालिका अध्यक्षले भने यो मेरो पूर्वाग्रह होइनयो बाध्यता हो, म पनि स्करपिओ चढ्दिनँ ।

२०८१ फाल्गुन २१, बुधबार ०२:३४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय