शिव मारुती ज्वेलर्स

सिराहा । सिराहाको बरियारपट्टि कचनारी, गरगमा नाका, छोट्की टोल कचनारी तस्करीका लागि सहज क्षेत्र बन्दै गएको छ। सीमामा सुरक्षाकर्मी तैनाथ छन्, तर तिनकै अगाडि भारतबाट अवैध रूपमा सामान भित्रिन्छ। सुरक्षाका लागि खटिएका प्रहरीहरू किन मौन छन्?

शुभकामना

मुख्य कारण तस्करबाट असुल गरिने मोटो रकम हो। मासिक लाखौँ रुपैयाँको लेनदेनपछि तस्करहरूलाई खुला छुट मिल्छ, र उनीहरूको रुट निर्वाध रूपमा सञ्चालन हुन्छ। सुरक्षाकर्मी तलबभन्दा बढी कमाइ गर्ने अवसरका रूपमा यसलाई लिन्छन्, जसले गर्दा सीमा सुरक्षाको मूल उद्देश्य नै संकटमा पर्छ।

सरकार किन यसतर्फ चुप बसेको छ? नीतिगत कमजोरी, प्रभावकारी अनुगमनको अभाव, र प्रशासनिक लापरवाहीले गर्दा यस्ता अवैध गतिविधि झन् मौलाइरहेका छन्।

२०८१ फाल्गुन २६, सोमबार ०१:४१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय