शिव मारुती ज्वेलर्स

फोकस नेपाल । विराटनगरदेखि धरान जाँदै गरेको बसबाट हामफालेका विद्यार्थी गम्भीर घाइते बनेका छन् ।

आइतबार राति ८:३० बजे सुनसरीको धरान उपमहानगरपालिका-८ डम्पिङ साइटमा बसबाट विद्यार्थी हामफालेका थिए ।कोशी लोकमार्गमा वराटनगरबाट धरानतर्फ जाँदै गरेको को १ ख ६२९२ नम्बरको यात्रुबाहक बसको पछाडितर्फको दाहिने साइडको दुईवटा टायर एक्कासि पड्किएको थियो ।

शुभकामना

त्यसपछि आत्तिएका बसमा सवार खोटाङ ट्याम्बा गाउँपालिका-७ घर भई हाल धरान-१४ पिण्डेश्वरी विद्या पिठमा पठ्ने २२ वर्षीय लोकेन्द्र घिमिरे बसबाट हाम फालेका थिए ।हामफाल्दा लडेर अनुहारमा चोट लागेर गम्भीर घाइते भएका उनको उपचार धरानस्थित घोपा क्याम्पमा भइरहेका छन् ।बस चालक मोरङको विराटनगर महानगरपालिका-१ बस्ने ५४ वर्षीय सुरेशकुमार श्रेष्ठ प्रहरी चौकी तिनकुनेको नियन्त्रणमा रहेकोछ।

२०८१ फाल्गुन २६, सोमबार ०२:३०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय