शिव मारुती ज्वेलर्स

फोक्स नेपाल ,संवाददाता । चोरीको मोटरसाइकलसहित पर्साबाट दुईजना पक्राउ परेका छन् ।

प्रहरीले वीरगञ्जबाट मोटरसाईकल चोरी गरेको अरोपमा पटेर्वासुगौली गाउँपालिका– ३ बस्ने १९ वर्षीय रामजनम मुखिया र वीरगञ्ज महानगरपालिका– ३१ बस्ने २४ वर्षीय सुनिल दास थारुलाई पक्राउ गरेको हो ।

शुभकामना

प्रहरीले उनीहरुको साथबाट कात्तिक ७ गते चोरी भएको बागमती प्रदेश ०३–००३ प ३६७८ नम्बरको एनएस पल्सर मोटरसाईकल समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

कात्तिक ७ गते वीरगञ्ज महानगरपालिका १४ बस्ने प्रधुमन कुमार पटेलले मोटरसाईकल हराएको भन्दै प्रहरीमा खबर गरेका थिए।

पार्किङ गरी राखिएको ठाउँबाट मोटरसाईकल चोरी भएको सूचना आए लगत्तै प्रहरीले खोजतलास गरेको थियो ।

वीरगञ्ज २१ स्थित सडकखण्डमा वडा प्रहरी कार्यालय श्रीपुरले चेक जाँचको क्रममा कात्तिक ११ गते साँझ साढे पाँच बजे मोटरसाईकल बरामद गरेको थियो । रामजनम र सुनिल चोरी भएकै मोटरसाईकलमा सवार थिए।

अनुसन्धानको क्रममा उनीहरुले नै मोटरसाईकल चोरी गरेको तथ्य खुलेपछि आवश्यक कानुनी कारबाही प्रक्रिया सरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जननाएको छ ।

२०७९ कार्तिक १६, बुधबार ०३:०४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय