राजबिराज, फाल्गुन २६ गते । सप्तरीकाे तिलाठी कोईलाठी ३ सकपुरामा गए राति आगलागी हुँदा तीन परिवारकाे घर सहित अन्दाजी मुल्य करिब ३३ लाख ७० हजार बढीको धनमाल पुर्णतः जलेर नष्ट भएको छ ।
लामखुट्टे धपाउन स्थानीय नयनि यादवको घरनजिकै बालेको परालको घुरबाट आगो सल्कन गई आगोलागी भएको सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयाे ।
शुभकामना

आगलागीबाट नयनि यादवको टिनले छाएको टाटी बेरा भएको घर अन्न-पात, लात्ता- कपडा, भडा-बरतन, काठ-पात, २ तोला सुन, चादी १ के.जी., बाख्रा २ वटा समेत पुर्ण रुपमा जली करिब १४ लाख तेत्तिस हजार बराबरको, स्थानीय गोकर्ण मुखियाको टिनले छाएको घर, अन्न-पात, लात्ता-कपडा, भडा-बर्तन, काठ-पात, सुन ५ तोला, चादी १ के.जी., नगद २ लाख ३५ हजार, बाख्रा २ वटा समेत गरी अन्दाजी मुल्य करिब २४ लाख ८५ हजार बराबरको धनमाल पुर्ण रुपमा जलेर नष्ट भएको छ ।
त्यसैगरी स्थानीय लखन मुखियाको टिन घर, अन्न-पात, लात्ता- कपडा, भडा-बर्तन, काठ-पात, बाख्रा २ वटा समेत २ लाख ९७ हजार बराबरको धनमाल पुर्ण रुपमा जलेर नष्ट भएको एसपी खतिवडाले जानकारी दिनुभयो ।
उक्त आगलागी प्रहरी चाैकी तिलाठीकाे टोली, सस्शत्र प्रहरी, राजविराज नगरपालिकाको दमकल, हनुमाननगर कंकालनि नगरपालिकाकाे दमकल र स्थानिय बासिहरुको सहियोगमा करिब १० बजेर १५ मिनेटमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको र मानविय क्षति नभएको एसपी खतिवडाले जानकारी दिनुभयो ।















