शिव मारुती ज्वेलर्स

­फोकस नेपाल ,फाल्गुन २८ गते ।  महोत्तरीको व्यापारिक केन्द्र गौशाला बजारको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइरहेको पक्की  घर भत्काउन बालेन सैलिमा गौशाला न.पा.का नगर उपप्रमुख महतोले लिए एक्सन छ ।

गौशाला नगरपालिका वडा नं. ५ को कित्ता नं. ११५ अतिक्रमण सम्बन्धमा जिल्ला प्रशासन कार्यालय र गौशाला नगरपालिकामा सार्वजनिक जग्गा अतिक्रमण गरी पक्की घर निर्माण भइरहेको उजुरी परेको थियो ।

शुभकामना

साविक शिवभाक्तिखोर गाविस वडा नम्बर-१ हाल गौशाला-५ को कित्ता नं. ११५ नेपाल सरकार कै नाममा रहेकोले उक्त जग्गामा निर्माण हुँदै गरेको पक्की संरचना निर्माण हुने सामग्री हटाउन गौशाला नगरपालिकाकी उपप्रमुख रेनुकुमारी महतोले फागुन २२ गते सूचना प्रकाशित गरेकी थिइन् ।

तर निर्माण सामग्री सम्बन्धित व्यक्तिले नहटाएपछि बुधबार सुरक्षा निकायको सहयोगमा संरचना भत्काएर निर्माण सामग्री जफत गरिएको उपप्रमुख महतोले बताइन् ।महोत्तरीको गौशाला बजारमा गौशाला र बजार क्षेत्रमा सार्वजनिक जग्गा राजनीतिक पहुँचको आडमा अतिक्रमण भइरहेको महतोको बताए ।

 

२०८१ फाल्गुन २८, बुधबार १३:३४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय