शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,चैत ८ गते । सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ। गृह मन्त्रालयका अनुसार उनको ठाउँमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई सिरहा पठाइएको छ।

सिरहामा दलित समुदायको घर भत्काइएको र उनीहरूलाई महायज्ञ गर्न हटाइएको विषयमा व्यापक आलोचना भएपछि सरकारले तत्काल कदम चालेको हो। घटनाको व्यवस्थापन गर्न नसकेको भन्दै सीडीओ दाहाललाई मन्त्रालय तानिएको स्रोतले जनाएको छ।

शुभकामना

गृहमन्त्री रमेश लेखकले घटनाको सत्यतथ्य छानबिन गर्न प्रहरीलाई निर्देशन दिइसकेको छन्। उनले निष्पक्ष अनुसन्धानका लागि स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई विशेष सतर्कता अपनाउन भनेका छन्।

यसै विषयमा बिहीबारको प्रतिनिधिसभा बैठकमा पनि छलफल भएको थियो। सांसदहरूले घटनाको सत्यतथ्य पत्ता लगाउन सभामुखको ध्यानाकर्षण गराएका थिए। उनीहरूले पीडित परिवारलाई न्याय दिन र दोषीमाथि कडा कारबाही गर्न माग गरेका थिए।

सिरहा प्रशासनमा भएको नेतृत्व परिवर्तनसँगै घटनाको थप अनुसन्धान र कानुनी प्रक्रिया कसरी अघि बढ्छ भन्ने चासो बढेको छ। स्थानीय बासिन्दा र नागरिक समाजले समेत निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।

२०८१ चैत्र ७, शुक्रबार ०७:२२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय