शिव मारुती ज्वेलर्स

जनकपुरधाम । जनकपुरमा एइई परीक्षाको आज तेस्रो दिन पनि गणित विषयको प्रश्नपत्र आउट भएको छ ।

परीक्षा सुरु भएको १० मिनेट नबित्दै गणित विषयको प्रश्नपत्र आउट भएको हो । यो प्रश्नपत्र धनुषाको एक परीक्षाकेन्द्रबाट आउट भएको हो ।

शुभकामना

परीक्षा केन्द्रका केन्द्राध्यक्षले मोटो रकम लिएर मोबाईल छिराउन दिएपछि प्रश्नपत्र लगातार बाहिरिएको अभिभावकहरु बताएका छन् । अँग्रेजी, नेपालीको प्रश्नपत्र परीक्षा सुरु भए लगत्तै आउट भएको थियो ।

यो प्रश्नपत्र पूर्वी धनुषाको एक परीक्षा केन्द्रबाट आउट भएको हो । प्रश्न पत्र औरही गाउँपालिकाको एक परीक्षा केन्द्रबाट आउट भएको हो ।

मुख्यमन्त्री सतिश कुमार सिँहले यस्तै अमर्यादित परीक्षा हुन नदिनको लागि केन्द्राध्यक्ष गोलाप्रथाबाट चयन गर्ने निर्णय गरेको थियो । जसको विरुद्धमा नेपाल शिक्षक संगठन समेत विरोध जनाएको थियो । मुख्यमन्त्रीले परीक्षा बहिष्कार गरेपछि मधेशका जिल्लाहरुमा एईई परीक्षा केन्द्राध्यक्षको मिलोमत्तोमा अमर्यादित हुन थालेको हो ।-न्यूज ब्यूरो

२०८१ चैत्र ९, आईतवार ०३:३९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय