जनकपुरधाम । धनुषामा सशस्त्र प्रहरीले भन्सार छली गरेर ल्याइँदै गरिएका ठुलो परिमाणमा अवैध कपडा बरामद गरेको छ ।
बैदेहीस्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म महिनाथपुरका डिएसपी सुरज रिजालको कमान्डमा गएको टोलीले आइतबार साझ ७ बजे भारतबाट भन्सार छली गरेर खौना बैदेही हुँदै ल्याउँदै गरेको ठुलो परिमाणको अवैध कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नं. ८ गण हेडक्वाटर धनुषाका प्रमुख एसपी निर्मल खड्काले जानकारी दिए ।
शुभकामना

विशेष सूचनाका आधारमा गएको डिएसपी रिजालको टोलीले खौनाबाट लुकाई छिपाई खौना बैदेही हुँदै ल्याउँदै गरिएको ६ वटा मोटरसाइकलमा २५ लाख बराबरको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी एसपी खड्काले बताए ।
बरामद गरिएका सबै अवैध लत्ताकपडालाई आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी एसपी खड्काले जानकारी दिए ।














