शिव मारुती ज्वेलर्स

महोत्तरी ,चैत्र ११ गते । भिठ्ठामोड सडक खण्डको नन्दनी डेयरी नजिकै मोटरसाइकल र बस एक आपसमा ठोक्किँदा गम्भीर दुर्घटना भएको छ।

मधेस प्रदेश ०२-००५ प ९५९२ नम्बरको मोटरसाइकल र ना ४ ख ५८२२ नम्बरको बस ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। दुर्घटना पश्चात् स्थानीय बासिन्दा तथा प्रहरीको सहयोगमा घाइते चालकलाई उपचारका लागि प्रदेशी अस्पताल, जनकपुर पुर्‍याइएको छ।

शुभकामना

प्रत्यक्षदर्शीका अनुसार बसको तीव्र गति र मोटरसाइकल चालकको असन्तुलनका कारण दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ। दुर्घटनास्थलमा जनकपुर ट्राफिक प्रहरी टोली पुगेर दुर्घटनाको अनुसन्धान अघि बढाएको छ।

२०८१ चैत्र १०, सोमबार १०:२९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय