शिव मारुती ज्वेलर्स

गणेश कुमार सिंह , चैत्र १३ गते । सर्लाही सदरमुकाम मलंगवाको बालमन्दिर चोकस्थित ताज गेस्ट हाउसमा एक महिलाको झुन्डिएको अवस्थामा शव फेला परेको छ। गेस्ट हाउसको कोठा नम्बर ९ मा बुधबार उक्त महिला मृत अवस्थामा भेटिएकी हुन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, मृतक ३१ वर्षीया आरती हुन्, जो भारत घर भइ दुई दिनदेखि सो गेस्ट हाउसमा बस्दै आएकी थिइन्।

शुभकामना

प्रारम्भिक अनुसन्धान अनुसार, उनले पासो लगाएर आत्महत्या गरेको आशंका गरिएको छ। घटनाबारे थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। मृतक युवतीको शव लाई मुचुल्का उठाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको प्रहरी बताए ।

२०८१ चैत्र १२, बुधबार १२:३४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय