शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,चैत्र १४ गते । पुरानाे बसपार्कमा विगत लामाे समयदेखि निर्माणाधीन काठमाडौं टावरको नक्सा पास सम्बन्धमा विवाद चरम उत्कर्षमा पुगेपछि काठमाडौं महानगरपालिकाले साे भवन नै भत्काउने तयारी थालेकाे छ।

मेयर बालेन शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएर महानगरमा नाकाबन्दी लगाएको छ। यसले गर्दा महानगरको काम नै ठप्प भएको छ। काठमाडौं टावरको नक्सा पासको विषयलाई लिएर सरकारले यो अवस्था सिर्जना गर्नु भनेको यसमा सरकारको पनि मिलेमतो छ भन्ने हाम्रो निष्कर्ष हो। यसमा कस्को कस्को संलग्नता छ त्यो बाहिर ल्याउन हामीले भत्काउने तयारी गरिरहेका छौँ।

शुभकामना

उनले पीपीए मोडलको संरचना निर्माणको अध्ययन गर्न समिति बनेको र उक्त समितिले दिएको सुझाव अनुसार अगाडि बढ्ने बताए। समितिले टावरको बारेमा अध्ययन गरिरहेको र छिटै नै प्रतिवेदन आउने पनि उनले बताए।

२०८१ चैत्र १३, बिहीबार ०१:०३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय