शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,चैत्र १५ गते । पूर्वराजा ज्ञानेन्द्र शाहको आह्वानमा सडकमा ओर्लिएका राजावादीहरु लुटपाट र तोडफोडमा उत्रिएपछि सरकारले सेना परिचालनको तयारी गरेको छ ।

मेडिकल माफिया दुर्गा प्रसाईं कमाण्डर रहेको राजावादी आन्दोलन भड्किएर अराजकतामा परिणत भएपछि सम्भावित खतरालाई मध्यनजर गर्दै सरकार सेना परिचालनसम्मको तयारीमा पुगेको हो । अहिले गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक बसिरहेको छ । प्रहरीको आन्तरिक सञ्चार प्रणाली वाकिटाकी सेटबाट सेना तैनाथ हुन लागेको सन्देश मातहतमा रिले भैसकेको छ ।

शुभकामना

गृहमन्त्री रमेश लेखकले बोलाएको आपतकालीन बैठकमा चार वटै सुरक्षा निकायका प्रमुखको उपस्थिति छ । सुरक्षा समितिको सिफारिसबमोजिम सेना परिचालनको निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ८ बजे क्याबिनेट बैठक बोलाउनुभएको छ ।

यसवीच कोटेश्वरको जडिबुटीस्थित पार्किङका सबै गाडीमा राजावादीद्वारा भर्खरै आगजनी गरिएको छ भने प्रहरीले हिँसामा सम्लग्न जोसुकैमाथि ठाउँको ठाउँ गोली चलाउन अनुमती मागेको छ ।

२०८१ चैत्र १४, शुक्रबार १२:१२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय