शिव मारुती ज्वेलर्स

गणेश कुमार सिंह , महोत्तरी । मधेश प्रदेशका महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १२ कान्तिबजारमा चैती दुर्गा मेलाकाे विशाल कलश‍ यात्रा निकालिएको छ ।

दुर्गा मन्दिरको प्राङ्गणमा करिब ७ सय कुमारी कन्याद्वारा कलश‍ स्थापना गरिएको छ । आज चैती दुर्गा मेला (वडादशै) को पहिलो दिन घटस्थापनाको अवसरमा गाैशाला नगरपालिका १२ कान्ति बजार स्थित रहेको दुर्गा मन्दिरको प्रांगणमा ७ सय हराहारिमा कुमारी कन्याद्वारा कलश स्थापना गरिएको हाे ।

शुभकामना

मेला समिति अनुसार कलश यात्रा कान्ति बजारबाट सुरु गरि १२ नं. मा नै पर्ने ११ नम्बर गाउँ हुँदै जंगल छेउकाे डिहबार स्थानमा पुजा गरि वडा नं. ११ मा पर्ने सात नम्बर लक्ष्मिनिया हुँदै रुपनी माई स्थानमा गई कलशमा जल भरेर पुर्ण वडा नं.१२को प्ररिया हुँदै कान्ति बजार दुर्गा मन्दिर गई कलश स्थापना गरिएका छन् ।

गतवर्ष भन्दा यस वर्ष कलश‍ स्थापनामा वृद्धि भएको देखिएको छ । शान्तपूर्ण तवरले विशाल कलश यात्रा सम्पन्न भएको छ । कलश यात्रा सम्पन्न पश्चात कुमारी कन्याहरुलाई फ्रुटी, पानीको बाेतल र प्रसादकाे प्याकेट दिई विदाई गरेकाे मेला समितिले बताए ।

कलश यात्रामा विभिन्न पार्टी प्रतिनिधिहरु, व्यापारीहरु, वृद्धिजिवि, राजनीतिकर्मी, संचारकर्मीहरु लगायत भक्तजनहरुको भिड देखिएको थियोे ।

    

२०८१ चैत्र १६, आईतवार १०:३९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय