पवन प्रसाद साह ,वीरगंज । नेपाल राष्ट्रवाद संघ केन्द्रिय कार्यालय वीरगंजले राजाबादी नेता तथा कार्यकर्ताहरूको गिरफ्तारीको विरोध स्वरूप वीरगंजमा विरोध प्रर्दशन गरेको छ।
काठमाडौँमा शुक्रवार चैत्र १५ गते राजवादीहरूले गरेको आन्दोलन र विरोध प्रदर्शनका क्रममा पक्राउ परेका आफ्ना राजाबादी कार्यकर्ताहरूलाई यथाशीघ्र रिहा गर्नुपर्ने मागसहित घण्टाघर चोकबाट विरोध र्याली निकालि गणतन्त्र मुर्दावाद, संघीयता खारिज गर, हिन्दू राष्ट्र कायम गर, राजतन्त्र जिन्दावाद, केपी चोर देश छोर इत्यादि नाराहरू लगाउदै गर्दाको बेला राप्रपा पर्सा का प्रवक्ता पृथकराज घिमिरे र राजाबदी संतोष साह लाई आदर्शनगर स्थित सुरज होटल आगाडी बाट समाति वडा प्रहरी कार्यालय बिर्ताले गाडिमा बसाई लगिरहदा राजाबादीहरुले सडक अवरोध गरी घिमिरे र साह लाई प्रहरी बाट छुटाई नारा लगाउदै आदर्शनगर, अलखियामठ, पुरानो बसपार्क घडीअर्वा पोखरी हुदै पुनं घण्टाघर चोकमा आइ कोणसभामा परिणत भएको थियो।
शुभकामना

कोणसभालाई सम्वोधन गर्दै नेपाल राष्ट्रबाद संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहले भने नेपाल सरकारले नेपाली जन्तालाइ मार्ने काम गर्दै र दुई नेपाली लाई निर्मम हत्या गरी आन्दोलनकारी राष्ट्रबादी लाई नाम दिएको विषय लाई चेतावनी गर्दै आइनदा त्यसता कार्य नहोस चेतावनी दिएका छन। साथै हाम्रा राजाबादी कार्यकर्ताहरूलाई विनाशर्त रिहा नगरे हामि आन्दोलन लाइ निरन्तरता दिदै जाने र देश भरि राजाबादीहरुले शसक्त आन्दोलन गर्ने बताए।
बिश्व हिन्दु परिषदका केन्द्रिय सदस्य पृथवी झाले कोणसभालाई सम्वोधन गर्दै भने यो देशामा जति पनि नेताहरुले मासु,दारु खुवाई ,पैसा बाडि गणतन्त्रको रक्षाको निमित्त आन्दोलन गर्ने जति लोभ दिए अब जान्ता नजाने किनकी हरेक जन्ताको मन मस्तिसमा राजा नै आउने चाहेको बताए।
उक्त विरोध प्रर्दशन कार्यक्रम नेपाल राष्ट्रबाद संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहको प्रमुख अतिथीमा भएकोमा संगिता देवी शाह,उमाशंकर प्रसाद साह, राजेन्द्र प्रसाद पाल,बिसनु कुमार दास,हरेराम प्रसाद, सुरेश साह, राधाकृष्ण चौहान, चुलाइ मीया,मदन ठाकुर, इदा मिया,तैयब देवान,हरि राउत,सुरेस साह कानु,पृथवी झा,नन्दकिशोर गोयल,उदित सहनी, अंगद ठाकुर,दिपेन्द्र रौनियार, किरण डंगोल,शम्भु प्रसाद चौरासिया,छठु साह कानु लगायतका व्यक्तिहरूको उपस्थित रहेको थियो।














