धनुषा ,चैत्र २१ गते । धनुषाको ढल्केवरस्थित रहेको देशकै ठुलो सव स्टेशनमा आगलगी हुँदा धनुषा र महोत्तरीको विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध भएको छ ।
ढल्केवर सव स्टेशनबाट प्रसारण हुने विद्युत लाईन दिउँसोदेखि अवरुद्ध भएको छ । ढल्केवर सव स्टेशनमा हावाहुरीको कारण तार चुँडिएको र त्यसपछि आगलगी भएको जनाईएको छ ।
शुभकामना

ढल्केवरबाट प्रसारण हुने जनकपुरसहित धनुषा र महोत्तरीको विभिन्न क्षेत्रको विद्युत अवरुद्ध भएको हो । सो सव स्टेशनबाट वितरण हुँदै आएको विभिन्न वितरण केन्द्रले समेत सूचना जारी गरी विद्युत अवरुद्ध रहने जनाएको छ ।
तार चुँडिएर सर्ट भएको कारण आगलगी हुँदा सव स्टेशनको विद्युत प्रसारण होल्ट गरिएको जनाइएको छ । कति बजेसम्म लाईन सुचारु हुने भन्ने बारे यकिन गरिएको छैनन् ।
धनुषासहित ढल्केवरबाट प्रसारण हुने महोत्तरी, सिरहा, सप्तरी सम्मको लाईन अवरुद्ध भएको छ ।














