शिव मारुती ज्वेलर्स

धर्मेन्द्र कुमार कुर्मी । कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६ सेमरी-चाफामा आगलागी भएको छ । ६ घरगाेठसहित १२ कट्ठा बढीमा गहुँ बाली, २० ओटा कुखुरा र ८० बढी कुखुराका चल्ला र १ ओटा बाख्रा जलेकाे इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब साढे बाजेतिर आगलागी भएकाे हाे । समयमाई सामुदायिक बनमा लागेकाे आगाेले हावाहुरीका कारणले गाउँमा आगाे पसेकाे थियोे ।

शुभकामना

६ का वडा अध्यक्ष प्रेम बहादुर कलवारका अनुसार घरगाेठसहित खाद्यान्न, लत्ताकपडा, पशुपंक्षी गरि १५ लाख बढीकाे धनसम्पत्ति क्षति भएका छन् । तत्काल राहतका लागि आगलागी पिडितलाई खाद्यान्न उपलब्ध गराउने जनाए ।

शिवराज नगरपालिका र कृष्णनगर नगरपालिकाे दमकल, प्रहरी र स्थानीयले ३ घण्टाकाे प्रयासपछि आगाे नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले जानकारी दिए । आगलागीले मानवीय क्षति भने नभएको उनले बताए ।।

२०८१ चैत्र २१, शुक्रबार १४:०१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय