शिव मारुती ज्वेलर्स

महोत्तरी, चैत्र २४ गते । महोत्तरीको गौशालामा उपचारको क्रममा बालकको मृत्यु भएपछी स्थानीयहरु आन्दोलित भएका छन् । आइतबार साझ गौशाला नगरपालिका वडा नं. ५ बजार स्थित रहेको ए एण्ड बि अपोलो हस्पिटलमा स्थानीयबासीले आन्दोलन गरेका हुन् ।

औरही नगरपालिका वडा नं. २ फुलबरिया बस्ने मोहम्मद शेष नसिमका ६ वर्षीय छोरा खेल्ने क्रममा लडेर चोटपटक लागेपछी उक्त हस्पिटलमा उपचारको लागि आइतबार बिहान ९ बजे ल्याइएको थियो र साझ ५ बजे चिकित्सकले मृत घोषणा गरेको परिवनजनको भनाई छ । हस्पिटलका डाक्टर बिमल महतोको लापरबाहीले बच्चाको मृत्यु भएको बुबा मोहम्मद शेष नसिमले आरोप लगाएका छन् ।

शुभकामना

सयौंको संख्यामा आन्दोलित स्थानीयहरुले हस्पिटलमा तोडफोड समेत गरेका छन् ।  त्यस्तै आक्रोशित स्थानीयहरुले चिकित्सक बिमल महतोमाथि कुटपिट समेत गरेको जनाईएको छ ।  आन्दोलन क्षेत्रमा प्रहरी पुगेका छन् भने भिड साम्य गर्ने क्रम जारी रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।  थप विवरण आउँन बाँकी छ ।

२०८१ चैत्र २३, आईतवार १३:५८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय