फोकस नेपाल ,बैशाख ०१ गते । सुनसरी सिमावर्ती क्षेत्र रहेको देवानगञ्ज गाउँपालिका वडा नं – २ स्थित यादव टोलदेखि पश्चिम रा.सी जाने बाटोमा सोमबार साँझ गोली हानाहान भएको छ।
उक्त घटनामा दुई जना गम्भीर घाइते भएका छन्।
शुभकामना

घाइतेहरू देवानगञ्ज गाउँपालिका वडा नम्बर १ निवासी बद्री यादवका छोरा अन्दाजी २४ वर्षीय रविन्द्र यादव र शिवु मेहता रहेका छन्।
उनीहरूलाई प्रारम्भिक उपचारपछि गम्भीर अवस्थाका कारण विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।














