महोतरी । गौशाला नगरपालिकाको हिउँदे अधिवेशनबाट संघीय सरकार अन्तर्गत रहेको सडकको नाम निर्धारण गरेको छ ।
नगरपालिकाको चैत्र ३१ गते सम्पन्न १३औं हिउँदे अधिवेशनबाट पूर्वपश्चिम राजमार्गको माइस्थानदेखि गौशाला हुँदै नेपाल भारत सिमाना सम्सीसम्मको २६.५ किलोमिटर सडक खण्डको गौशालामा नगरपालिका क्षेत्रको सडकको गोरेबहादुर खपाङ्गी मार्ग राख्ने निर्णय गरेको हो ।
शुभकामना

महोत्तरी जिल्ला, गौशाला नगरपालिका वडा नं. १ मा पर्ने पूर्व पश्चिम महेन्द्रराजमार्गको गौशाला चोकदेखि दक्षिणतर्फ भारतको बिहार प्रान्तको सितामढी जिल्लाको कन्हमा भन्ने ठाउँसँग जोडिएको छ ।
नेपालको सम्सीसम्मको करिब २६.५ किलोमिटर दूरीको राजमार्गको हालसम्म कुनै निश्चित नाम नरहेकोले मार्गको २६.५ किलोमिटर दूरीमध्ये गौशाला नगरपालिकाको क्षेत्रधिकारभित्र पर्ने राजमार्गको नाम गोरेबहादुर खपाङ्गी मार्ग राख्ने निर्णय पारित गरेको गौशला नगरपालिकाका नगर प्रवक्ता रामपृत महतोले बताए ।
सहायक राजमार्गको वर्गीकरणमा रहेको माइस्थान गौशाला सम्सी सडक भारत सरकारको अनुदानमा निर्माण गरी हुलाकी सडकबाट सडक डिभिजन कार्यालयमा हस्तान्तरणको चरणमा रहेको हुलाकी सडक जनकपुरका प्रमुख कृष्णकुमार महतोले बताए
सडक वर्गीकरण तथा नामकरण गर्ने कानुन बन्ने क्रममा रहेकोले संघीय सरकारको मातहतमा रहेको सडक सम्बन्धमा कुनै स्थानीय तहले कुनै प्रकारको निर्णय गर्न उचित नहुने महतोले बताए । कान्तिपुर














