सिरहा, कल्याणपुर । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–६, भक्राहामा बिहीवार बेलुका एक दुखद घटना घटेको छ। खेतमा काम गर्ने क्रममा चट्याङ लागेर एक कृषकको मृत्यु भएको पुष्टि भएको छ।
मृतकको पहिचान कल्याणपुर नगरपालिका–८, मझौलिया कास्यस्थित वडा कार्यालयमा कार्यरत करिब ४५ वर्षीय कृषक बेच्न रोहीता यादव रहेको छ। प्रारम्भिक जानकारीअनुसार उनी गहुँको खेतमा रहेको बेला चट्याङ (ठन्का) परेको र घटनास्थलमै ज्यान गएको बताइएको छ।
शुभकामना

घटनापछि स्थानीय प्रशासन र प्रहरी टोली तुरुन्तै घटनास्थलमा पुगेका थिए। मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, सिरहा पठाइएको छ ।














