शिव मारुती ज्वेलर्स

जलेश्वर सरार्फ
बारा, ०५ वैशाख। रौतहटको गौर यातायात व्यवस्था कार्यालयमा अनियमितता मचाएका अविन्दर दास अहिले बाराको यातायात कार्यालयमा असुली धन्दा चलाइरहेका छन्। गौर यातायात कार्यालयमा रहँदा उनले आफ्ना नातेदारलाई बिचौलियाको भूमिकामा राखी गैरकानुनी रूपमा रकम असुल्दै आएको खुलासा भएको थियो।

हाम्रो न्युज पोर्टल फोकस नेपालले गम्भीरताका साथ यस्तो संवेदनशिल न्युज प्रकाशित गर्दा समेत हालसम्म नियमनकारी निकायहरु जस्तै अख्तियार अनुसन्धान कार्यालय लगायतका अन्य निकायहरु कार्यवाही दायरा तथा अनुसन्धानको दायरालाई फराकिलो नबनाई यातायात कार्यालय बारालाई भ्रष्टाचार र घुषखोरीको अड्डा बनाउनु मा तल्लीन रहेकोले यतिखेर गम्भीर प्रश्न चिन्ह..??खडा भएको छ।

शुभकामना

यातायात कार्यालय बाराका प्रमुख अविन्दर दास तथा सत्यनारायण साहले कतै अख्तियार तथा अन्य निमनकारी निकायलाई समेत आर्थिक बलमा आफ्नो प्रभावमा त पारेका होईनन भने प्रश्न समेत उठन थालेकोछ। समाचार श्रोतका अनुसार,यातायात कार्यालय बाराका प्रमुख अविन्दर दास तथा सत्यनारायण साहले चितवन, नारायणघाट, मकवानपुरलगायतका स्थानका सर्वसाधारणसँग जनही १० हजार रुपैयाँ लिई मोटरसाइकल तथा स्कुटरको लाइसेन्स दिने गरेका थिए । भने १५ हजारमा जिप,कार,डेलिवरी भ्यानको लाईसेन्स विक्री वितरण गर्ने गरेका तथ्य उजागर भएको समाचार फोकस नेपाल न्युज पोर्टलले प्रकाशित गरेको थियो।

विगत केहिदिन उता रौतहट यातायात कार्यालयमा रहेका दास तत्कालीन बारा यातायात कार्यालयका प्रमुख अविन्दर दासले सेटिङमार्फत लाइसेन्स वितरण भइरहेको खबर बाहिरिएपछि प्रदेश यातायात मन्त्रालयले उनलाई मन्त्रालयमा तानेको थियो। उनी मन्त्रालय तानिए पश्चात् पुनः सेट्टिङ्ग मिलाएर अहिले बारा जिल्ला यातायात कार्यालयमा आएर पुनः घुसको धुम मचाएका छन्।

बारा यातायात कार्यालयका प्रमुख अविन्दर दासलाई रौतहटमा रहदा घुस लिएर लाईसेन्स विक्री गरेको आरोपमस प्रदेश यातायात मन्त्रालयले उनलाई उक्त ठाउँबाट तानेर मन्त्रालय झिकाएको थियो। दासले मन्त्रालयमा मोटो रकम बुझाएपछि दासलाई पुनः बाराको यातायात कार्यालयमा पठाइएको थियो। उनी बारा आए पछि अर्का घुसखोर सत्यनारायण साह पनि त्यही बारा यातायात कार्यालयमै कार्यरत रहेको हुँदा निज दुवै भ्रष्टाचारी घुसखोरहरुले बारा यातायात कार्यालयलाई अहिले भ्रष्टाचार र घुसको अखडामै परिणत गरेका छन।

निजहरु अहिले पनि मुख्यमन्त्री कार्यालय र यातायात मन्त्रालयका उच्च अधिकारीलाई घूस बुझाएर आफ्ना अवैध धन्दा सञ्चालन गरिरहेका छन्।

बारा यातायात कार्यालयका अर्का घुसखोर सत्यनारायण साह र अविन्दर दासले हिन्दी फिल्म शोलेका जय विरु जस्तो जोडी बनाएर अहिले बारा जिल्लाको यातायात कार्यालयलाई भ्रष्टाचार र घुसको दुर्गन्धले डुङ्ग-डुङ्ग गन्हाउनेगरी आफ्नो मनोमानी ढंगले रकम असुल गरी लाईसेन्स विक्री वितरण गरीरहेको एक श्रोतले जनाएको छ।

ट्रायल र लिखितमा सरदर २०% मात्र पास हुने आकलन गरिएको भएपनी अहिले दैनिक ६० देखि ७५% मान्छेहरुलाई सेट्टिङ्गमा पास गराउने काम दास तथा सत्यनारायण साहको मिलेमतोमा हुने गरिएको छ।त्यतिमात्र होईन पर्साबाट फेल भएकाहरुलाई समेत यिनिहरुले बाराबाट पास गराईदिने प्रमाण समेत भेटिएको छ।

यस्ता भ्रष्टाचार र घुसखोरीलाई बढावा दिने मानसिकताका कर्मचारीहरुलाई यस्तो संवेदनशिल कार्यालयहरुमा स्थान दिई सम्बन्धित निकायले प्राथमिकता दिईरहने हो भने कुनैबेला ठुलै दुर्घटना हुने प्रवल सम्भावना रहेको छ। अब हेरौ सम्बन्धित निकायले यस्ता गम्भीर विषयहरूमा कस्तो खालको कार्यवाही थालनी गर्ने हो त्योभने अहिले भविष्यको गर्भमा रहेको छ।

२०८२ बैशाख ५, शुक्रबार ०७:००

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय