फोक्स नेपाल ,संवाददाता । धनुषाको सिमा प्रहरी कार्यालय जटहीका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक देवकीलाल चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस सहित पक्राउ गरेको छ ।
आयोगको टोलीले चौधरीलाई चार हजार रूपैयाँ घुससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
शुभकामना

नगराईन नगरपालिका वडा नम्बर २ जटही स्थित विनायक ईन्टर प्राईजेज मदिरा पसलबाट आयोगको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।














