शिव मारुती ज्वेलर्स

चन्दन कुमार , रौतहट । रौतहट जिल्लाको परोहा नगरपालिका वडा नम्बर ६ बसन्तपट्टिको श्री अन्होती लाल मा वि मा आयोजित नि:शुल्क आँखा शिविर भव्यताको साथमा सम्पन्न भएको छ ।

युवा समाजसेवी अमित प्रसाद जयसवाल स्थानिय आयोजक रहेका नि:शुल्क आँखा शिविर सेवा फाउण्डेसनको आर्थिक सहयोग तथा नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पतालको आयोजना भएको थियो ।

शुभकामना

कार्यक्रमको अध्यक्षता पुर्व वडा अध्यक्ष जितेन्द्र पटेल गर्नु भएका थिए भने प्रमुख अतिथिका रुपमा युवासमाजसेवी तथा कार्यक्रमका स्थानिय आयोजक अमित प्रसाद जयसवाल उपस्थित हुनु भएका थिए । त्यस्तै शिविरमा गौर आँखा अस्पताल बाट आएका टोलिमा नेत्र अधिकृत बबिता केसरी , नेत्र सहायक दिनेश घिमिरे , कार्यक्रम संयोजक सत्यन्द्र पाण्डे , हरी नरायण साह , राम जन्म यादव , कृष्णा राउत , गौरी शंकर राउत उपाथित भएका थिए ।

बसन्तपट्टि सहित आसपासका नगरवासीहरुलाई लक्षित गर्दै आयोजना गरीएको नि :शुल्क आँखा शिविरमा बसन्तपट्टि , कोपवा , लौकाहा ,भेडियाही , इनरवारी , तेजापाकड लगायतका गाउँ बाट झण्डै ४ सय जना आँखा विरामिहरु आफ्ना आँखा जाच गराएका छन ।

आँखा जाच गराएकाहरु मध्य १२३ जनालाई चास्मा ३१ जनालाई अपरेशनका लागि छनोट र २११ जनालाई औषधि वितरण गरिएको थियो । कार्यक्रम समाप्न पछि उपस्थित विरामिहरु समाजसेवी अमित जयसवाललाई धन्यवाद सहित हार्दिक अभार व्यक्त गरेका थिए ।

२०८२ जेष्ठ ११, शनिबार ०५:२५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय