शिव मारुती ज्वेलर्स

अजय मिश्र, कृष्णनगर । इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी टोलीले आफ्नो मताहत क्षेत्र भित्र करिब दुई लाख बराबरको माल समान बरामद गरेको छ।

शुक्रवार बिहान करिब ११:४५ बजेको समयमा कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं.०६ भिल्मी चोक स्थितमा बाट चोरी निकासी पैठारी गरेको रु १३५००।- बराबराको ३ बोरा (१५० के.जी.) चिनी बरामद गरेको छ।

शुभकामना

सोही दिन बिहान अन्दाजी ११:३० बजेको समयमा कपिलबस्तु महाराजगंज नगरपालिका वडा नं.०९ कुसहवा बढनी स्थितमा २ थान मोटरसाईकल, ३ बोरा सुकेको रातो खुर्सानी, ३८ वटा जिउदो बोईलर कुखुरा र १९ प्याकेट पार्लेजी बिस्कुट समेत गरी जम्मा रु. २०००००।– को सामान पक्राउ गरिएको छ।

पक्राउ गरिएको सामान आवश्यक कार्यवाही का लागि कृष्णनगर भन्सार कार्यालय पठाईएको जानकारी इलाका प्रहरी कार्यालय कृष्णनगरले दिएको छ ।

२०८२ जेष्ठ १२, आईतवार ००:०६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय