कान्तिबजार ,महोत्तरी । बर्दिवासबाट भारततर्फ ईभी कारमा गाँजा लिएर जाँदै गर्दा एक जना पक्राउ परेका छन् ।
शुक्रबार राति प्रहरीले माईस्थानबाट गौशालातर्फ आउदै गरेको बा ०१–०३० च ७८०५ नम्बरको सेतो रंगको ईभी कारलाई रोकी चेकजाँच गर्दा अबैध लागुऔषध गाँजा ८ पोकाभित्र ४० किलो ग्राम फेला पारेको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी नायव उपरीक्षक शैलेन्द्रकुमार भट्टले बताए ।
शुभकामना

कारभित्र कालो झोला, जेब्रा झोला र डिकीमासमेत सेतो प्लाष्टिकले बेरेको खरानी रंगको प्लाष्टिकको डोरीले बाँधी लुकाई छिपाई राखेको अवैध लागुऔषध गाँजासहित महोत्तरी बर्दिवास ११ का ३१ वर्षीय रंगलाल सेङतानलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भट्टले बताए ।
बरामद अवैध लागूऔषध गाँजा, ईभी कार र चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














