शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,जेष्ठ २१ गते । मोरङको ग्रामथानबाट प्रहरीले बुधबार दिउँसो ३ सय ४७ किलो ठुलो परिमाणमा लागुऔषध गाँजा सहित २ जना पक्राउ परेका छन् ।

प्रहरीले ग्रामथान गाउँपालिका–७ कलाबन्जार चोकबाट ३ सय ४७ किलोग्राम १ सय १० ग्राम गाँजा बरामद गरेको हो । गाँजाको ओसारपसार र कारोबारमा संलग्न भारतीय नागरिकसहित २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारतको अररिया जिल्ला प्रर्वाहाका ३२ वर्षीय विकासकुमार साहु र मोरङको जहदा गाउँपालिका–५ का ३० वर्षीय राजेशकुमार कामत रहेका छन् ।

शुभकामना

इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको सई नीरबहादुर खड्का नेतृत्वको टोलीले दुवै जनालाई मंगलबार राति ११ः४५ बजेतिर नियन्त्रणमा लिएको हो ।
प्रहरीले पक्राउ गर्दा उनीहरु प्रदेश १–०४–००१ प ९८३५ नम्बरको मोटरसाइकलमा सवार थिए ।

प्रहरीका अनुसार कामत मोटरसाइकल चालक हुन् । मोटरसाइकल रोकेर बसिरहेको शंकास्पद अवस्थामा नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गर्दा उनीहरुले गाँजा लुकाएर राखेको पत्ता लागेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

२०८२ जेष्ठ २२, बुधबार १३:१४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय