पवन प्रसाद साह , धनुषा । धनुषा जिल्लाको धनौजी गाउँपालिका–१ स्थित लखौरी गाउँमा अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याइएको ठूलो परिमाणको लत्ताकपडा सुरक्षाकर्मीहरूले बरामद गरेका छन्।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीबाट प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी र जनकपुर भन्सार कार्यालयका प्रतिनिधिहरूको संयुक्त टोलीले लखौरी निवासी बर्तुला हुसेनको घरमा छापा मारेको थियो।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

मधेस प्रदेश प्रहरी निरीक्षक (डीआई) कृष्ण ढकालको नेतृत्वमा गएको टोलीले जनकपुर भन्सार कार्यालयका नायब सुब्बा (ना.सु.) जिवछ कुमार मुखिया सहित तीन जनाको उपस्थितिमा सो घरमा खानतलासी गर्दा झण्डै रु.१४,५६,४५० बराबरको लत्ताकपडा फेला पारी बरामद गरेको हो।
स्रोतका अनुसार ती लत्ताकपडा भारतबाट भन्सार नतिरी चोरी पैठारी गरी घरमा लुकाईछिपाई राखिएको थियो। बरामद मालसामानलाई सोही दिन राति ८:५० बजे मुद्दा नं. ७१६ अन्तर्गत जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ।















