शिव मारुती ज्वेलर्स

सिरहा । गोलबजार नगरपालिकाले अधुरो प्रशासकीय भवन निर्माणका लागि मागेको ९५ लाख रुपैयाँ बजेटलाई बोरिङ्ग जडान शीर्षकमा रकमान्तरण गरिएको छ। एमाले नेता लीलानाथ श्रेष्ठको निर्देशनमा प्रदेश मन्त्री सरोज यादवबाट बजेट निकासा भएको हो।

तर, भवन निर्माण अधुरो रहँदा मेयर श्याम श्रेष्ठले आफूखुसी बोरिङ्ग योजना अघि बढाएको आरोप छ। कार्यपालिकाबाट स्वीकृति नलिई गोप्य रूपमा उपभोक्ता समिति गठन गरिएको छ, जसमा ड्राइभरकी पत्नीलाई कोषाध्यक्ष बनाइएको छ—जुन कानून विपरीत हो।

शुभकामना

प्रमुख प्रशासकीय अधिकृतले प्रक्रिया नपुगेको भन्दै सम्झौता असार १ पछि मात्र गर्ने बताएको छन्।

स्थानीय नेताहरूले यो योजना कमिशनमुखी, गैरकानूनी र अनियमित भएको भन्दै अख्तियारको ध्यानाकर्षण गराएका छन्।

२०८२ जेष्ठ २७, सोमबार ०४:१८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय