शिव मारुती ज्वेलर्स

जनकपुरधाम । राम युवा क्लबको भवनमा आइतबार साँझ एक विशेष कार्यक्रमका बीच श्री राम जिम क्लबको औपचारिक उद्घाटन सम्पन्न भएको छ। राम युवा क्लबले आफ्नै भवन जिम सञ्चालनको लागि श्री राम जिम क्लबका संचालक अभिषेक झालाई भाडामा दिएको हो।

संचालक झाका अनुसार जिम क्लबमा स्ट्रेन्थ ट्रेनिङ, कार्डियो भास्कुलर एक्सरसाइज, मार्शल आर्ट, कराँटे, डान्स, जुम्बा लगायतका विभिन्न फिटनेस कार्यक्रमहरू सञ्चालन गरिने छन्।

शुभकामना

उनले भने, “भागदौडपूर्ण जीवनशैलीमा स्वस्थ शरीरका लागि दैनिक कम्तीमा एक घण्टा व्यायाम गर्नु अत्यावश्यक छ।” साथै उनले सबै युवाहरूलाई आफ्नो शरीरलाई फिट राखी देशको उज्जवल भविष्य निर्माणमा योगदान दिन आह्वान गरे।

“देशको युवा नै देशको पहिचान हो,” झाले जोड दिँदै भने, “मेरो उद्देश्य सबै वर्ग र समुदायका व्यक्तिहरूलाई स्वास्थ्य र फिटनेसप्रति जागरूक बनाउनु हो।”

श्री राम जिम क्लबले स्थानीय समुदायमा स्वास्थ्यप्रति सचेतना र व्यायामको संस्कार फैलाउने अपेक्षा गरिएको छ।

२०८२ जेष्ठ २८, मंगलवार ०५:२४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय