शिव मारुती ज्वेलर्स

वीरगंज, पर्सा ।राष्ट्रिय प्रजातन्त्र पार्टी का केन्द्रिय सदस्य तथा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा का उम्मेदवार अंगद ठाकुर ले अब राष्ट्र मा दुइ किता को लडाइ मात्र रहेको बताएका छन।

एक हामी जो राजा सहित को प्रजातन्त्र र सर्ब धर्म समभाव सहित सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र को माग गर्ने हरु राष्ट्रबादी तथा अर्को तर्क राष्ट्रघाती जो धर्म निरपेक्ष सहित को गणतन्त्र लुटतन्त्र को निम्ति गोलबन्द रहेको ठाकुरले बताए।

शुभकामना

लामो समय देखी देश यी गणतन्त्र लुटतन्त्र बादी हरु को नेतृत्व मा चलेको कारण आज गिरी बन्धु मतियार हेरौ या भिजिट भिसा का मतियार हेरौ यिनी हरु कै नाम जोडेर आउने छन। यस्ता काण्ड देख भित्र गन्न नसकिने भएका छौ।

लाउडा काण्ड धमिजा काण्ड भुटानी शरणार्थी काण्ड ललिता निवास काण्ड टेलिफोन रेकर्ड काण्ड अम्नी काण्ड लगायत लगायत का काण्ड।यी सबै काण्ड का सुपात्र यी गणतन्त्र का पुजारी भित्रै देखिन्छ।आज भष्ट्रचार संस्थागत विकास गरिएको छ।खोज र कार्वाही फितिलो छ। इँटाभट्टा मा मान्छे पोल्ने अदालत बाट सफाइ पाइ रहेको छ। आममाफी पाएकाले अरू दुइचार को हत्या गर्ने गरेका छन। जनमानसमा बेग्लै खाले त्रास छाएको राप्रपा केन्द्रिय सदस्य ठाकुर ले बताए।

राष्ट्रबादी मुदा दबाउन को निम्ति अन्दोलनमा होमिएका राष्ट्रबादी योद्धा हरु लाइ जथाभावी पक्राउ गरी राज्यद्रोह को मुदा मा फसाउने षड्यन्त्र तर्फ पनि पछि नरहेको देखिदैछौ।जनता लाइ निरिह बनाइ बन्दुक को बल मा शासन गर्ने प्रबृत्ति को अनुभुति बाट हामी टाढा छैन ठाकुरले बताए।

एक हप्ता लामो काठमाडौं केन्द्रित अन्दोलन मा पुर्ब उपप्रधानमन्त्री लाइ लछारपछार पनि गरेको दृश्य हामी सामु छर्लङ्ग नै छ। उक्त अन्दोलन बाट त्रसित सरकार ले काठमाडौं लाइ नै निषेधित क्षेत्रको रूपमा घोषणा गर्यो। यस्ता निन्दनीय कार्य को सहन अब नेपाली जनता ले नगर्ने भएका छन। देश भ्रष्ट्राचार बेथिति बिकृति लगायत अनेकौं राष्ट्रघाती कदम बाट मुक्त पार्न हामी सबै को दायित्व रहेको ठाकुरले भने देश मा देखा परेका भष्ट्रचारी हत्यारा लुटेरा लाइ जनकारवाही हामी सबै मिलेर गर्नु पर्ने दिन आएको छ।

जनता को रगत पसिना बाट संकलित रकम लाइ तरूण दल को भवन निर्माण जस्ता हदै सम्मको घृणित कार्य मा लगानी गर्ने पनि हामी देखदै छौ।देश को सौदाबाजी गरिदै छ।

तसर्थ अब राष्ट्र बचाउ तथा भष्ट्र अपराधी ज्यानमारा हरु लाइ जनकारवाही गरौ भनी नारा सहित आउने दिन मा हुने जनविद्रोह मा सहभागी भइ सच्चा राष्ट्रपुत्र को धर्म निर्वाह गरी नेपाल आमा को अस्तित्व जोगाउन तर्फ तथा सम्पूर्ण नेपालीहरुलाई कालो दिन बाट मुक्त पार्न सबै ले इमानदारी पूर्बक अब हुने आन्दोलनमा सरिक होऔ भनी अपिल राप्रपा केन्द्रिय सदस्य ठाकुरले गरेका छन।

२०८२ जेष्ठ २८, मंगलवार १३:५४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय