फोकस नेपाल ,जेष्ठ ३० गते । रौतहट नरसंहारका अभियुक्त नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री अफताब आलमलाई सफाई दिने न्यायाधीश खुशीप्रसाद थारुमाथि कालोमोसो छ्यापिएको छ ।
नेकपा बहुमतका कार्यकर्ताहरुले आज उच्च अदालत, वीरगञ्जका न्यायाधीश थारुमाथि मोसो प्रहार गरेका हुन् । उनीहरुले इजलासमै पुगेर ‘जनताको कर खाएर जनताकै विरुद्धमा फैसला गर्न पाइँदैन’ भन्दै मोसो छर्किएका थिए ।

सामान्य आयुर्वेद चिकित्सा/AHA (कविराज) मा भर्ना खुल्यो ।

शुभकामना

शुभकामना

मोसो प्रहार गरेलगत्तै उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीका अनुसार गर्भु महतोसहित तीन जना समातिएका छन् ।
















