शिव मारुती ज्वेलर्स

धनुषा । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) को हालै सम्पन्न केन्द्रीय निर्वाचनमा अनेरास्ववियु धनुषा अध्यक्ष तथा युवा नेता पुरुषोत्तम कुमार चौधरी मधेश प्रदेश भूगोल प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा विजयी भएका छन्।

उम्मेदवारहरूमध्ये प्रतिस्पर्धी मतसहित उनले ४६ मत प्राप्त गर्दै केन्द्रीय नेतृत्वमा स्थान बनाउन सफल भएका हुन्। चौधरी विगत लामो समयदेखि अनेरास्ववियुमा क्रियाशील रहँदै संगठनको विकास, सशक्तिकरण र विद्यार्थी हकहितको पक्षमा अग्रपंक्तिमा खटिँदै आएका छन्।

शुभकामना

उनको निर्वाचनलाई धनुषा जिल्लाको मात्रै नभई सिङ्गो मधेश प्रदेशको युवा राजनीति र संगठन निर्माणका लागि प्रेरणादायी सफलता मानिएको छ।

पुरुषोत्तम कुमार चौधरी हाल अनेरास्ववियु धनुषा जिल्लाका अध्यक्ष समेत हुन् र संगठनको विभिन्न तहमा उनले खेलेको भूमिकाले विद्यार्थी समुदायमा विश्वास र समर्थन हासिल गर्दै आएको छ।

यसै निर्वाचनमा मधेश भूगोलबाट अन्य विजयी हुनेमा आशिफ अहमद (५२ मत) र आशिषकुमार दाहाल (४० मत) रहेका छन्। करण देवकोटा र दीपककुमार यादवबीच मत बराबरी (३०–३०) भएको छ।

सचिवालय सदस्य पदतर्फ बाराकी लक्ष्मी तिमिल्सिना पराजित भएकी छन् भने सर्लाहीकी कायरा पोखरेल विजयी भएकी छन् (६१५ मत)। मधेश महिलातर्फ मनिषा चौधरी र स्मृति श्रेष्ठ निर्वाचित भएका छन्।

त्यस्तै, मधेश खुला तर्फ धनुषका मुकेश कुमार साहले सर्वाधिक मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा विजयी भएका छन्। पदाधिकारीतर्फ सिवाकोटी र खान निर्वाचित भएका छन्।

यो निर्वाचनले अनेरास्ववियु भित्र युवा नेतृत्वको उदय र संगठनको लोकतान्त्रिक अभ्यासलाई बलियो बनाएको छ।

– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु), धनुषा

२०८२ जेष्ठ ३१, शुक्रबार १५:०९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय