शिव मारुती ज्वेलर्स

रौतहट । यातायात कार्यालय गौरमा सेटिङ्गको अधारमा लाईसेन्स बितरण भईरहेको तथ्य बाहिरिएको छ। यातायात ब्यवस्था कार्यालय गौरमा अहिले कोटा सिस्टमको अधारमा भ्रष्टाचारको अड्डा बनेको जनगुनासो बढ्दै गएको हो ।

रौतहट जिल्लाको गौरमा अबस्थित यातायात ब्यवस्था कार्यालयमा बिना सेटिङ्ग दुई पाङ्ग्रे, चार पाङ्ग्रे सवारीसाधनको लाइसेन्स नबन्ने एक सेवाग्राहीले गुनासो पोखेका छन्। सेवाग्राहीका अनुसार यातायात कार्यालय गौरमा लाईसेन्स बनाउन जाँदा जबर्जस्ती  दुई दुई पटक ट्रायलमा फेल हुँदा  १० हजार रुपैयाँ तिरी लाईसेन्स दिएको पिडितले आरोप लगाएका छन्।

शुभकामना

यातायात ब्यवस्था कार्यालय गौरले लाईसेन्स बितरणका लागि दुई पाङ्ग्रेको ८ हजार र चार पाङ्ग्रेको १३ हजार दररेट तोकिएको हुँदा सोही दररेटमा लाईसेन्स बितरण भईरहेको एक पिडितले जनाएको हो ।

ट्राफिक कार्यालय गौर लगायत अन्य ठाउँ सवारीसाधनको लाइसेन्स चेकजाँच गर्दा लाइसेन्स नभएका ब्यक्तिहरुले पटकपटक फाईन कटाउन हामीहरु बाध्य बनेको पिडितहरुको भनाइ रहेको हो। यता रौतहटको गौरमा अवस्थित  यातायात ब्यबस्था कार्यालय गौरमा बिगत केही महिना अगाडि सेटिङ्ग नमिल्दा केही समयका लागि नयाँ तथा थप लाईसेन्स बन्न  बन्द भएको थियो।

केही समय यता सेटिङ्ग पश्चात् नयाँ तथा थप लाईसेन्स बन्न सुरु भएको एक सेवाग्राहीले बताएका छन्। यातायात ब्यवस्था कार्यालय गौरका प्रमुख जितेन्द्र गुप्ताको कार्य सम्पादनमाथि अख्तियार,सिबिआई समेत मौन रहेकोमा प्रश्न चिन्ह खडा भएका छन्।

यातायात कार्यालय गौरमा सेटिङ्गमा लाईसेन्स लिनकाका लागि लिखित परीक्षा दिदा २ देखि ५ वटा प्रश्न चिन्हमा टिक लगाउने र ट्रायलमा पास हुन नसक्नेले प्रवेश पत्र बुझाई मात्र हाजिरी बनाउन लगाउने एक सेवाग्राहीले बताएका छन्।

यातायात ब्यवस्था कार्यालय गौरमा करिब दर्जनौं भन्दा बढी एजेन्टहरु राखेर २ पाङ्ग्रेको ८  हजार र चार पाङ्ग्रेको १३ हजार सम्म अबैध रकम असुल्ने गरेको एक बिचौलियाले बताएका छन् ।

अबैध रकम दिए पछि मात्र लाइसेन्सको परीक्षा तथा ट्रायलमा पास हुने र पैसा दिए पछि कम्प्युटरमा लाइसेन्स भेरिफाई हुने गरेको एक बिचौलियाले बताएका छन् ।

कार्यालय प्रमुख गुप्ता अहिले बिना बिज्ञापनको दुई  जनालाई गैरकानुनी ढंगले नियुक्ति गरेको तथ्य खुलेको हो। नियुक्ति लिनेमा सरसफाइकर्मी मञ्जु देवी , स्मार्ट कार्ड बितरणमा पिन्टु सिंह भनिने रौसन सिंहलाई नियुक्ति दिएका छन्। भने यातायात कार्यालय गौरका सबै हर्ताकर्ता  सिंहले गर्ने गरेको एक सेवाग्राहीले बताएका छन्।

सिंह अहिले आफ्नो कामकाज छोडि बायोमेट्रिकमा कार्य गरि रहेका छन्। भने कार्यालय सहयोगी बिरेन्द्र यादवको छोरा रोहन यादवले गैरकानुनी रुपले स्मार्ट कार्ड बितरण गरिरहेका छन्। भने ट्रायलका लागि सुचना निकाल्दा सेटिङ्गमा लाईसेन्स लिनेहरुको ट्रायल नै नहुने र हुँदा पनि ड्रेस,हेल्मेट र माक्स परिवर्तन गरि ट्रायल लिने गरेको  एक सेवाग्राहीले बताएका छन्।

लाईसेन्स सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले  अन्य ठाउँमा छानबिन गरेता पनि गौरको कार्यालयका लागि मौन बसेका छन्।

२०८२ असार १, आईतवार ०३:०८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय