शिव मारुती ज्वेलर्स

✍ फोकस नेपाल ,गौशाला, महोत्तरी गौशाला नगरपालिकामा पटक–पटक सार्वजनिक रुपमा दर्ता चलानी खाली नरहेको भनी गरिएको प्रचारप्रति गम्भीर आपत्ति जनाउँदै नगर उप-प्रमुख रेणु महतोले सो को प्रमाणसहितको विवरण सार्वजनिक गरेका छन्।

नगरपालिकाकी उप–प्रमुख रेणु महतोले सार्वजनिक रूपमा प्रमाण प्रस्तुत गर्दै भनिन्, “मैले स्वयं दर्ता चलानीको निरीक्षण गर्दा करिब १०० भन्दा बढी चलानी नम्बरहरू जानाजान खाली राखिएको पाइएको छ। यस्ता कार्य नगर प्रमुख डा. दिपेन्द्र महतो तथा प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी को मिलेमतोमा भएको देखिन्छ।”

शुभकामना

उनको भनाइ अनुसार यस्ता चलानीहरूमा कार्यालयको महत्वपूर्ण पत्राचार लुकाउन खोजिएको देखिन्छ। उप–प्रमुख महतोले उक्त कार्यमा बारम्बार मौखिक तथा लिखित रूपमा ध्यानाकर्षण गराउँदा समेत प्रमुख प्रशासकीय अधिकृतले कुनै जवाफ नदिएको बताइन्।

महतोले प्रमाणका रुपमा खाली दर्ता-चलानी नम्बरहरूको सूची समेत सार्वजनिक गरेकी छन्, जसमा पटक–पटक राजनीतिक हस्तक्षेपसहित प्रशासनिक लापरवाही देखिन्छ। यस्ता कामले नगरपालिका प्रशासनमा पारदर्शिता र जवाफदेहिताको गम्भीर संकट उत्पन्न भएको हो।

सार्वजनिक अपिल.

उप–प्रमुख महतोले सम्बन्धित सरोकारवालालाई यस्ता अनियमितताको तत्काल छानबिन गर्न माग गर्दै पारदर्शी प्रशासनको निम्ति नागरिक समाज, सञ्चारकर्मी र सरोकारवाला निकायको ध्यानाकर्षण गराएकी छन्। यहि विषयमा नगर प्रमुखले प्रतिशोधको भावना बोकेर उप-प्रमुख रेणु महतोलाई नगरपालिकामा प्रवेश निशेध गरिएको छ ।

२०८२ असार ५, बिहीबार ०३:२४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय