सिरहा । सिरहामा मोटरसाइकलले साइकललाई ठक्कर दिदा तिन जनाको मृत्यु भएका छन्। सिराहा नगरपालिका-१८ हुलाकी सडक खण्डमा मोटरसाइकल र साइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार बेलुकि पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २ -०१-००३-प.३२३० नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको साइकल एक आपसमा ठोकिदा चालकसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
शुभकामना

मृत्यु हुनेमा सिरहाको कल्याणपुर न.पा.२ बेल्हाका प्रदिप मुखिया,कल्याणपुर १२ का नरेस मुखिया र सिरहा न.पा.२ का कुसे राय रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले बताएको छ।
मृत्यु भएका तिनै जनाको पोस्ट्मार्टमका लागि प्रादेशिक अस्पताल सिराहामा पठाइएको छ ।















